ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘जेम्स वेब स्पेस टेलिस्कोप’ले लिएको पहिलो रंगिन तस्वीर सार्वजनिक गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा एक कार्यक्रमकाबीच तस्वीर सार्वजनिक गरेका हुन् ।

बाइडेनले संसारकै सबैभन्दा शक्तिशाली टेलिस्कोपले तस्वीर खिचेसँगै ब्रह्माण्डको इतिहासमा नयाँ बाटो खुलेको बताएका छन् ।

नासाका प्रशासक बिल नेल्सनले तस्वीरले ब्रह्माण अध्ययनमा नयाँ दृष्टिकोण दिने बताएका छन् ।

अमेरिकी अन्तरीक्ष अनुसन्धान संस्था ‘नासा’का अनुसार यो तस्वीर हालसम्म लिइएका अन्तरीक्षका तस्वीरहरुमध्ये सबैभन्दा स्पष्ट भएको बताइएको छ ।

ब्रह्माण्डको सबैभन्दा स्पष्ट तस्वीर संसारकै सबैभन्दा ठूलो र शक्तिशाली टेलिस्कोपले लिएको हो । सार्वजनिक भएको तस्वीरमा हालसम्म नदेखिएका थुप्रै बह्माण्डहरु देखिएका छन् ।

यो तस्वीरका साथै सोमबार थप चार ग्यालेक्टिक तस्वीरहरु पनि नासाले सार्वजनिक गरेको छ ।

नौ बिलियन अमेरिकी डलर बराबरको जेम्स वेब टेलिस्कोप सन् २०२१ डिसेम्बरमा पृथ्वीबाट अन्तरिक्षमा पठाइएको थियो ।

यो टेलिस्कोप ३० वर्ष पुरानो हब्बल स्पेस टेलिस्कोपको तुलनामा सय गुणा थप शक्तिशाली र संवेदनशील रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.