रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

0

रामेछाप : रामेछापमा बस दुर्घटना हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।

रामेछापको सुनापती गाउँपालिका ५ मा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको र अन्य २१ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा अहिलेसम्म ९ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले पुष्टि गरेको हो ।

त्यस्तै बस दुर्घटनामा घाइते भएका २१ जनालाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जानकराी दिएको छ ।

Leave A Reply

Your email address will not be published.