नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीनजना मन्त्रीले सोमबार पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति भवनमा आयोजित समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र सिंह र वन तथा वातावरण मन्त्री प्रदीप यादवले सपथ लिएका हुन् । 

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो । 

सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपालले सरकारमा रहेका तीन मन्त्री फिर्ता बोलाएर तीनजना नयाँ मन्त्रीको नाम सिफारिस गरेको थियो । 

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्टपतिले सोमबार नै तीनजना नेतालाई मन्त्री पदमा नियुक्ति गरेकी हुन् । 

यसअघि जसपामा भौतिक पूर्वाधार मन्त्रीमा रेनुकुमारी यादव, वनमन्त्री रामसहाय यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले जिम्मेवारी सम्हाल्दै आएका थिए । 

सोमबार नै राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा नौ तथा धारा ७८ को उपधारा एक बमोजिम प्रधानमन्त्रीको सिफारिसमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन् ।

Leave A Reply

Your email address will not be published.