मेलम्चीमा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह

0

काठमाडौं : सिन्धुपाल्चोकमा ठूलो पानी परेको छ । गुम्थाङ, धाप, नकोटेलगायत धेरै ठाउँमा भारी वर्षाकाे मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह शुक्रबार बेलुकाभन्दा १ दशमलव ५ मिटरले बढेको छ । त्यहाँ बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

साथै महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी तथा कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

पूर्वका झापा, इलाम, भोजपुरसहित केही जिल्लामा पनि ठूलो पानी परेको छ । केही ठाउँमा ठूलो पानी परेको भए पनि देशका मुख्य नदीमा आउँदाे तीन दिनसम्म जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

Leave A Reply

Your email address will not be published.