पाँचथरमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता

0

काठमाडाैं : अविरल वर्षाका कारण पाँचथरमा पहिराेले एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।

जिल्लाकाे फालेलुङ गाउँपालिका-७ विहीदिनका रूपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रूपलालसहित तीन जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् ।

शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रूपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो ।

Leave A Reply

Your email address will not be published.