जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षबीच विवाद चुलियो

0

काठमाडौं : जनता समाजवादी पार्टीले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी अघि बढाएपछि उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षबीच विवाद चुलिएको छ । 

विवादकै कारण पार्टी विभाजनको संघारमा पुगेपछि सहमति खोज्न जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच छलफल हुने भएको छ । 

यादवले एकपक्षीय रुपमा बैठक बसेर आफु लगायत नेतालाई कारवाही गर्नुका साथै मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि भट्टराई असन्तुष्ट गरेका छन् । 

पार्टी विवादमा सहमति खोज्न दुई नेताविच बुधबारपनि सिंहदरबारमा छलफल भएको थियो । 

यादव पक्षले असार १३ गते बैठक बसेर बाबुराम भट्टराई, कृषिमन्त्री महेन्द्र राय यादव, केन्द्रीय कार्यकारिणी सदस्य गंगाा श्रेष्ठलाई पार्टीविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण माग्ने निर्णय गरेको थियो पूर्वप्रधानमन्त्री भट्टराई र यादवबीच पार्टी सञ्चालन र अधिकार बाँडफाँटबारे विवाद हुँदै आएको छ । 

यादवले पार्टीको बैठक नराखेको विषयमा असन्तुष्टि जनाउँदै भट्टराई पक्षका नेताले केही समयअघि हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । पार्टीका ३२ जना कार्यकारिणी सदस्यमध्ये यादवको पक्षमा १९ जना रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.