वामदेवले घोषणा गरे नयाँ पार्टी, ७ उपाध्यक्ष, १५ स्थायी कमिटी र ७५ केन्द्रीय सदस्‍य रहने

0

काठमाडौं : वामदेव गौतमको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै गौतमले सो पार्टीको घोषणा गरेका हुन् । 

साविक नेकपामा अन्तरद्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान शुरु गरिएको र पछि सर्वाेच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रुपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

पार्टी घोषणा कार्यक्रममा गौतमले कम्युनिष्ट आन्दोलन धरासयी बनेको बताए । आफूले जीवन समर्पित गरेको कम्युनिष्ट आन्दोलन धरायसी बनेपछि नयाँ राजनीति दल खोल्नुपरेको उनले बताए । 

आफूले नै निर्माण गरेको पार्टी र आन्दोलन धरासयी बनेको हेरेर बस्न नसक्ने भन्दै उनले गत स्थानीय तह निर्वाचनामा एमालेविरुद्ध पाँच दलीय गठबन्धन लागेको बताए । 

कम्युनिष्टबीच एकता तथा कार्यगत एकता भएन भने गठबन्धनका नाममा कांग्रेसले आगामी संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने दाबी गर्दै गौतमले यदी बहुतम ल्याएन भने प्रतिनिधिसभा र प्रदेशसमा कांग्रेस सबैभन्दा ठूलो दल हुने बताए । 

यसपछि पाँच वर्ष कांग्रेसकै नेतृत्वमा देशको संरचना रहने भन्दै उनले दोस्रो निर्वाचनमा कांग्रेसलाई गठबन्धनको आवश्यक नपर्ने बताए । 

यो स्थितिलाई नियन्त्रणमा लिन आफूले नयाँ दल घोषणा गरेको बताउँदै गौतमले कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताए । 

सो पार्टीको केन्द्रीय कमिटी ७५ सदस्य, १५ सदस्यबाट नबढ्ने गरी स्थायी कमिटी रहने केन्द्रीय सदस्य निमकान्त पाण्डेले जानकारी दिए । 

उनकाअनुसार पार्टी बहुपदीय प्रणाली रहनेछ । केन्द्रीय कार्यसमितिमा एक अध्यक्ष, प्रत्येक प्रदेशसको ईञ्चार्जको जिम्मेवारी बहन गर्नेगरी सात उपाध्यक्ष, संगठनात्मक जिम्मेवारी पूरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने गरी व्यवस्था गरिएको पाण्डेले जानकारी दिए । 

Leave A Reply

Your email address will not be published.