काठमाडौंको बागबजार, डिल्लीबजार र सानेपाको पानीमा भेटियो हैजाका जीवाणु

0

काठमाडौं : काठमाडौं उपत्यकामा प्रयोग भइरहेका सबैजसो पानीका स्रोतमा हैजाका जीवाणु ‘इकोलाई’ भेटिएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

महाशाखाले परीक्षण गरेका उपत्यकाका विभिन्न ठाउँको पानीका स्रोतमध्ये बागबजार, डिल्लीबजार र सानेपाको पानीमा हैजाका जीवाणु भेटिएको हो । 

आठ नमुनामध्ये पाँचवटामा इकोलाई भेटिएको र केहीको रिपोर्ट आउन बाँकी रहेको छ ।

यसैबीच काठमाडौं उपत्यकामा हैजा पुष्टि भएकामध्ये ८ जना निको भएका छन् । संक्रमित १२ मध्ये ८ जना निको भएर घर फर्केका हुन् । 

अन्य चार जनाको भने टेकु , पाटन स् र बयोधा अस्पतालमा उपचार भइरहेको छ । असार ५ गते राजधानीको बागबजारमा पहिलो पटक हैजाको बिरामी पुष्टि भएको थियो ।

Leave A Reply

Your email address will not be published.