पर्बत समाज बेल्जियमको पाँचौ अधिबेशन सम्पन्न, नन्दा गुरुङ्ग बनिन समाजको पहिलो महिला अध्यक्ष,

0

पर्बत समाज बेल्जियमको पाँचौ अधिबेशन नन्दा गुरुङ्ग ( दुर्गा ) को अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निर्बिरोध निर्बाचित गर्दै सम्पन्न भएकोछ ।

गुरुङ्ग अध्यक्ष रहेको समितिको बरिष्ठ उपाध्यक्षमा दुर्गा तिवारी, उपाध्यक्षमा आश बहादुर गुरुङ्ग, महासचिबमा माया पुन,सचिब निष्ठा तिवारी र सञ्जय गिरी, कोषाध्यक्ष उमा गुरुङ्ग, सदस्य कमला गुरुङ्ग, दीपिका केसी, बेदराज पुरी ,दीपेन्द्र गौतम,राजेश केसी, नरेश श्रेष्ठ, किसान चापाई, रक्षा श्रेष्ठ, सुबाश भट्ट, कुल जिसी सर्बसम्मत चयन हुनु भएकोछ ।

त्यसै गरी सल्लाहकारहरुमा प्रबिना गुरुङ्ग , चन्द्र कुमारी गुरुङ (ईशा) अम्बिका प्रधान गुरुङ्ग र सीता केसीलाई अधिबेशन हलले मनोनयन गरेको छ । बाँकी पद कार्यसमितिले पछि चयन गर्नेछ ।


आईतवार बेल्जियमको अन्त्वेरपेनमा भएको समाजको पाँचौ अधिबेशनको पानसमा दीप प्रज्वलन गरी बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी र समाजका अध्यक्ष रोशन जोशी (भिम) ले उद्घाटन गर्नु भएको थियो । अधिबेशन सफलताको शुभकामना दिदै राजदुत राजभन्डारीले पर्बत समाजले गरेका परोपकारी कामले धेरैलाई सहयोग पुगेको र आगामी दिनमा अझ प्रभाबकारी काम गर्न सफलहोस भन्नुभयो ।

दुताबास नेपाली संघ संस्थाहरुका हरेक काममा हातेमालो गर्न तत्पर छ भन्नु हुँदै सहकार्य गरेर मातृभूमीको बिकासमा सहयोग गर्न आग्रह गर्नु भयो । उहांले पर्बत समाज बेल्जियमले तोकिएको समयमै कार्यक्रम सुरु गरेर, बिभेद नदेखिने गरी मंचको ब्यबस्थापन र कार्यक्रमलाई छिट्टो छरितो बनाएर उदाहरणीय कार्य गरेकोमा बिशेष धन्यवाद दिनु भयो ।

सामाजिक संघ संस्थाहरुको तर्फबाट शुभकामना दिदै मोना बेल्जियमका अध्यक्ष रकेन्द्र घिमिरेले जिल्ला र क्षेत्रका समाजहरुले गरेका कामले समग्र देशलाई सहयोग पुग्ने हुँदा आ-आफ्नो क्षेत्रमा सकृय भएर देशबासिको हित हुने काम गरौ भन्नुभयो ।

गैर आबासीय नेपाली संघका केन्द्रीय प्रबक्ता शिब बरुवालले एनआरएन अभियानलाई क्षेत्रीय संस्थाहरुले गरेका गतिबिधीले सहयोग पुर्‍याएको उल्लेख गर्दै पर्बत् समाजले गरेका परोपकारी कामले धेरैलाई राहत मिलेको बताउनु भयो ।

एनआरएनए बेल्जियमका अध्यक्ष खड्क केसीले पर्बत समाज बेल्जियमले गरेका गतिबिधीले यहाँको समुदाय र जिल्लाबासीमा राम्रो छाप छोडेको र आगामी दिनमा पनि समाजका अभियानमा एनआरएन संगै रहने बताउनु भयो , उहाले नेपाली समुदायको हरेक गतिबिधिले नेपालको पाहिचान बढाउने हुँदा सबै मिलेर काम गरौ भन्नु भयो ।


अन्तरराष्ट्रिय पर्बत् समाजका अध्यक्ष झलक केसीले संसारभरी छरिएर रहेका जिल्लाबासीहरुले सामुहिक सोच राखेर जिल्लाको र समग्र देशको बिकासमा सहयोग पुर्याउनका लागि संस्थाले बिभिन्न परीयोजनामा काम गरी रहेको बताउनु भयो ।


कार्यक्रमबारे टिप्पणी गर्दै नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले पर्बत् समाजले आफ्नो अधिबेशनको कार्यक्रम व्याबहारिक र समय अनुकुल बनाएर छिट्टो छरितो रुपमा सम्पन्न गरेकोमा धन्यवाद दिदै अधिबेशन सफलताको शुभकामना दिनु भयो ।

पर्बत समाज बेल्जियमका संस्थापक अध्यक्ष मेख गुरुङले संस्थाको आज सम्मका गतिबिधी बारे प्रकाश पार्नु भएको थियो भने अतिथीहरुलाई उपाध्यक्ष रुद्र लम्सालले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा पर्बतेली नयाँ पुस्ताका बेल्जियम जन्मिएका र पर्बतमा जन्मेर बेल्जियममा उच्च शिक्षा आर्जन गरेर बिशिष्ठता हासिल गरेका बाबुनानीहरुलाई बिशेष सम्मान गरिएको थियो । त्यसै गरी समाजका सामुहिक अभियानमा सहयोग पुर्‍याउने बिभिन्न ब्यक्तिहरुलाई उहाहरुको योगदानको कदर गर्दै कदर पत्र सहित सपरिवार सम्मान गरिएको थियो ।

पर्बत समाज बेल्जियमले प्रकाशित गरेको अभिलेख तथा स्मारिकाको बिमोचन पनि पाँचौ अधिबेशनको अबसरमा सम्पन्न गरिएकोछ । स्मारिकामा प्रकाशित भएका लेख रचनाका लेखकहरुलाई पनि सोही अबसरमा सम्मान गरिएको थियो ।

अधिबेशनको दोश्रो सत्रमा मेख गुरुङ, सुबाश जोशी, कृष्ण तिवारी र प्रकाश पौडेल रहेको अध्यक्षमन्डलको तर्फबाट सर्बसम्मत भएका नयाँ कार्यसमितिको घोषणा गर्नु भएको थियो भने अन्तरराष्ट्रिय पर्बत् समाजका अध्यक्ष झलक केसीले नयाँ पदाधिकारीहरुलाई सपथ दिलाउनु भएको थियो ।

पर्बत् समाज बेल्जियमका अध्यक्ष रोशन जोशी ( भिम ) को सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिब सुबाश भट्टले गर्नु भएको थियो । कार्यक्रमको ब्यबस्थापन संस्थाका सल्लहाकार बालेन्द्र गुरुङले गर्नु भएको थियो ।

नेपालका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्यस्यले आयोजना गरिएको सांगितिक कार्यक्रममा नेपालका लोकप्रिय गायक प्रकाश सपुतले ‘गलबन्दी’ ‘पीर’ ‘बोल माया’ लगायतका चर्चित गीतहरु प्रस्तुत गर्दै दर्शकहरुलाई नचाउनु भएको थियो । साँस्कृतिक कार्यक्रमको संचालन सोफिय महर्जन कार्कीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.