बेल्जियममा अन्डर १२ र आमाहरुको फूटबल समर च्याम्पियन प्रतियोगिता हुने,

0

बेल्जियममा अन्डर १२ फूटबल टुर्नामेन्ट हुने भएकोछ । गत बर्षबाट सुरु भएको १२ बर्ष मुनिका खेलाडिहरुको U12 SUMMER CHAMPIOSHIP टुर्नामेन्टको दोश्रो संस्करण ३ जुलाईमा एन्तवेर्पेनमा हुने भएको हो ।

दिपक क्षेत्री प्याकुरेल, बिरेन गुरुङ, नबिन नेपाल लगायतका खेलप्रेमी युबाहरुको समुहले आयोजना गरेको यस प्रतियोगिताको यस् बर्षको बिशेष आकर्षक बच्चाहरु संगै आमाहरुले पनि फूटबल खेल्नेछन ।

हाल सम्म बेल्जियमका बिभिन्न शहरबाट ६ वटा १२ बर्ष मुनि र २ वटा आमाहरुको टिमले आफ्नो नाम दर्ता गराएको आयोजकहरुले बताएकाछन । अन्डर १२ म ६-९ र ९-१२ उमेर समुहका फरक फरक टिमले खेल्ने छन । खेलाडिहरुलाई मेडलका साथै प्रथम द्वितिय र त्रितिय हुने टिमलाई नगद पुरुस्कार साथै अन्डर १२ च्यम्पियन कप बितरण गरिनेछ ।

एन्टवेर्पेनको विलरेक खेल मैदानमा हुने खेलमा उपस्थित भै खेलाडिहरुको हौशला बढाइदिन आयोजकहरुले बेल्जियमको नेपाली समुदायलाई बिशेष अनुरोध गरेकाछन ।

Leave A Reply

Your email address will not be published.