सत्ता गठबन्धनमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति

0

काठमाडौं : पेट्रोलिय पदार्थमा लाग्दै आएको कर कटौती गर्न सत्ता गठबन्धनमा सहमति भएको छ ।

शनिबार बसेको सत्ता गठबन्धनको बैठकमा कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको हो ।

बैठकमा शनिबार नै मन्त्रिपरिषदको बैठक बोलाएर पेट्रोलियम पदार्थको कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने सहमति भएको गठबन्धनका संयोजक एंव कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा पौडेलले नै आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेको भन्दै पेट्रोलियम पदार्थको मुल्य पनि घटाउन पर्ने प्रस्ताव गरेका थिए ।

पौडलको प्रस्ताव अनुसार तत्काल मन्त्रिपरिषदको बैठक बसेर पेट्रोलियम पदार्थमा लागेको कर कम गर्ने र तेलको मुल्य घटाउन आयल निगमलाई निर्देशन दिने निर्णय भएको हो ।

सरकारले बजार अनुगमनलाई पनि कडाई गर्ने सहमति गठबन्धनको बैठकमा भएको कांग्रेस वरिष्ठ नेता पौडेलले बताए ।

Leave A Reply

Your email address will not be published.