एनआरएन अध्यक्ष घले रोम आउँदै

0

चारदिशा।

गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घले आगामी मंगलवार ईटालीको राजधानी रोम आउने भएका छन् । गैर आवासीय नेपाली संघ ईटालीले आयोजना गर्न लागेको अन्तर्क्रिया तथा भूकम्प पिडितको व्यवस्थापन सम्वन्धि छलफलको सिलसिलामा घले रोम आउन लागेका हुन्।

हालै नेपालमा गएको विनाशकारी भुकम्प पिडितका लागि राहत संकलनमा उल्लेख्य योगदान दिएका ईटालीका सक्रिय नेपाली सामाजिक संस्थाहरु र एनआरएनको सहयोगको प्रशंसा गर्दै धन्यवाद दिन घले रोम आउँदैछन्। उक्त अवसरमा भुकम्प पिडितको पुनर्स्थापना र व्यवस्थापन सम्वन्धि हाल भैआएको प्रगति र चुनौतिको वारेमा प्रकाश पार्ने कार्यक्रम रहेको छ। यसको साथै अक्टुवर १४ देखि १७ सम्म काठमाडौमा सम्पन हुन लागेको सातौं विश्व सम्मेलनको तथा गैर आवासीय नेपाली संघमा केन्द्रित रहेर अन्तरक्रिया हुनेछ।

यसै वीच गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति ईटालीले उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण संघ संस्था तथा नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुलाई हार्दिक आमन्त्रण गरेको छ। केन्द्रिय अध्यक्षसँगको अन्तर्क्रिया विशेष महत्व र अर्थपूर्ण हुने भएकाले सवै नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुलाई हार्दिक आमन्त्रण गरिएको एनसिसी अध्यक्ष क्षेत्रकुमार श्रेष्ठले वताए।

 

 

Leave A Reply

Your email address will not be published.