साउन १ बाट कुहिने र नकुहिने फोहोर नछुटाउनेलाई प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना

0

काठमाडौं : काठमाडौंमा साउन एक गतेदेखि जैविक ‘कुहिने’ र अजैविक ‘नकुहिने’ फोहोर छुट्याउनुपर्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको हो ।

कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरको सूचनामा उल्लेख छ ।

कुहिने र नकुहिने फोहोर नछुट्याए त्यहाँबाट फोहोर नउठाउने पनि महानगरले बताएको छ । महानगरपालिकाले ‘कुहिने’र ‘नकुहिने’ फोहोर छुट्याएर नराखे कारबाही गर्ने स्पष्ट पारेको छ । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने महानगरको चेतावनी छ ।

महानगरपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन अनुसार कसुर मानी प्रत्येक पटक पाँच रुपैयाँ जरिवाना हुने जनाएको हो । काठमाडौंमा उत्पादन हुने फोहोर हालसम्म छुट्टाएर व्यवस्था हुने गरेको छैन ।

Leave A Reply

Your email address will not be published.