अर्थमन्त्रीको राजीनामा माग्दै एमालेद्वारा संसद बैठक बहिस्कार

0

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । 

अर्थमन्त्री जनार्दन शर्माले करको दायरा हेरफेरमा चलखेल गरेको आरोप लगाउँदै एमाले सांसदले बैठक बहिस्कार गरेका हुन् । 

बैठकलाई सम्बोधन गर्दै एमाले सांसद गोकुल बाँस्कोटाले देशले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा यो देशले खोजेको बताए ।

सांसद बाँस्कोटाले आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका लागि कर र भन्सार दररेट तलमाथि गरेको भनेर अर्थमन्त्रीमाथि प्रश्न उठेपछि राजीनामा दिनुपर्ने उल्लेख गरे ।

सांसद बाँस्कोटाले अर्थमन्त्री शर्माले दिने जवाफ आफूहरुले सुन्न नचाहेको बताएपछि एमाले सासंदहरु बैठकवाट बाहिरिएका थिए ।

Leave A Reply

Your email address will not be published.