पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमा २१ र डिजेल तथा मट्टीतेल २७ रूपैयाँले बढ्यो

0

काठमाडौं : सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा भारी वद्धि गरेको छ ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढेको हो ।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९९ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ९२ रुपैयाँ पुगेको छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १ सय ८५ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ ।

हवाई इन्धनको बाह्यतर्फ भने एक सय अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको नेपाल आयल निगमले जनाएको छ ।

एलपी ग्याँसको मूल्य हाल प्रतिसिलिण्डर एक हजार ८ सय रूपैयाँ छ । निमगले यसअघि जेठ २६ गते पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको थियो ।

भारतीय आयल कर्पोरेसनले पछिल्लोपटक पठाएको मूल्य सूचीअनुसार समायोजन गरेर भाउ बढाइएको निगमले बताएको छ ।

निगमका अनुसार प्रतिसिलिन्डर एक हजार आठ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा अझैं सात सय ५१ रुपैया १४ पैसा घाटा छ ।

नयाँ मूल्यमा बेच्दा पनि १५ दिनमा दुई अर्ब ३५ करोडभन्दा धेरै घाटा हुने निगमले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.