सामान्तबादको छाॅयामा प्रबासका नेपाली संघसंस्थाका कार्यक्रम, गणतान्त्रिक संस्कारको अबलम्बन आबस्यक,

0

ओम शर्मा,अध्यक्ष, नेपाल पत्रकार महासंघ , बेल्जियम ,

नेपाल देश गणतन्त्रमय भएकोछ, लोकतन्त्रका आधुनिक अभ्यासबाट प्रजातान्त्रिक समाज निर्माण गरि विश्व मानचित्रमा सभ्य र सुसंस्क्रित राष्ट्रको रुपमा स्थापित गर्न हरेक नेपालीले आफ्नो दायित्व पुरा गरेर आधुनिक समाज निर्माण गर्न सक्छ । सामाजिक जीबनलाई उत्तरदायी बनाउन सकृय समाजका प्रत्यैक सदस्यको भूमिका र जबाफदेहिताको मुल्याङ्कन भै रहेकोछ ।

प्रबासको नेपाली समुदायमा सामाजिक भाबनाको बिकास र नेपालीपनको स्थायित्व र सम्ब्रिद्धिका लागि सामाजिक संघ संस्थाहरु कृयाशिल छन र बिभिन्न गतिबिधी गरी रहेकाछन । बढी भन्दा बढी ब्यक्तिले हेरिदिउन , सुनिदिउन र हाम्रो सन्देश उनीहरु समक्ष पुगोस भनेर आयोजना गर्ने हाम्रा कार्यक्रमहरु कसरी भएका छन र त्यसको असर समुदायमा कसरी परेकोछ भनेर बहस हुन जरुरीछ ।

समाजको हरेक ब्यक्तिको स्वाभिमानलाई सम्मान गर्न सकिएको छ छैन ? सामाजिक अगुवाहरुले पुनर्मुल्याङ्कन नगरे हाम्रा औपचारिक कार्यक्रमहरु तमासा मात्र हुने लक्षण देखिन थालेकाछन , जुन एक अर्काको अनुभब र सल्लाह सुझाबको सधैं आबस्यक हुने आप्रबासी समाजको लागि राम्रो होइन । बेल्जियममा हुने औपचारिक कार्यक्रममा गरिने सम्बोधन,आसनग्रहण, र समयको ब्यबस्थापनमा राणाकालिन चाकरीकला र पञ्चायतकालिन स्तुतिगानको प्रभाबले झन लामा पखेटा हालेको देखिन्छ ।

कार्यक्रममा हुने तामझाम भन्दा त्यो कार्यक्रमबाट सर्बसाधारणले के पायो भन्ने मुख्य बिषय बन्नु पर्ने हो । मिडिया देखि सरोकारवाला सबैले कार्यक्रमको परिणाम त्यसबाट उनीहरुको जीबनमा भएको परिवर्तन हेरेका हुन्छन, तामझाम होइन। केही सांस्क्रितिक चाडपर्बमा पालना गर्नु पर्ने परम्परा बाहेक अरु बेलामा हुने खादामालाको संस्कारले नजानिदो गरि अनेक नाममा संस्था खोल्ने र त्यसको नेता बन्ने चलन बढ्न् थालेकोछ ।

नेपाली समुदायका कार्यक्रम हेर्ने हो भने त्यसको अघि पछि , तल माथि जताततैबाट समान्तबादको छाया देखिन्छ । सामाजिक र परोपकारी काम गर्न बनेका संस्थामा पनि सेवा गर्ने प्रतिस्पर्धा भन्दा नेत्रित्व हत्याउने प्रतिस्पर्धा बढी हुने गरेको कालो यथार्थ सबै सामु छर्लङ्ग छ ।


कार्यक्रमको समय तोकिएको भन्दा कम्तीमा एक घण्टा पछि सुरु हुने गर्छ र यसलाई नेपाली समय भन्न थालेकाछौ , यो हामी आँफैले आँफैलाई गरेको घ्रिणा हो, अपमान हो । नेपालमा केही काम पनि समयमा हुँदैनन र , नभए सुधार्ने जिम्मा हाम्रो होइन र ? आयोजकले कार्यक्रम ढिला सुरु गर्ने, अतिथीहरु पनि ढिला उपस्थित हुने अझ प्रमुख अतिथी त सबैलाई कुराएर आफ्नो बिशिष्ठता बुझाउने गरि उपस्थित हुने गर्दा अन्य सहभागिलाई अपमान गरि रहेका हुन्छन । कार्यक्रमको व्यवस्थापन, अतिथिहरूको उपस्थिति, समयको तारतम्य लगायतका चुनौतीलाई थोरै सामाजिक समझदारी बढाउन सके हल गर्न सकिन्छ ।

जसको भबिस्यका लागि देश छोडेर परदेशी बनियो , त्यही दोश्रो पुस्ता नेपाली संघ संस्थाका कार्यक्रममा देखिनै चाहदैन, कारणको मुल्याङ्कन र पुनर्ब्यबथापन गरौ ।

कार्यक्रम संचालकको दायित्व समयमा सुरु गरेर समयमा समापन गर्न सकने हुनु पर्छ । फलाना संस्थाको कोही प्रतिनिधि हुनुहुन्छ भने आशन ग्रहण गरिदिनु होला भन्ने तरिकाले उसले आफ्नो मजाक आँफै उडाइरहेको हुन्छ । कसलाई बोलाईएको छ , को को आएका छन , कार्यक्रममा उनीहरुको भूमिका के हो त्यो त पहिल्यै तय गरेर माइक समात्नु पर्ने होइन र ?

खादा माला र आशन ग्रहणले तोकिएको समयको आधा समय लिनाले सहभागिहरुलाई सुरुमै कार्यक्रम प्रति बित्रिष्ण जगाउछ । यस्ता औपचारिक कार्यक्रमले आज हामी नेपालीको सबैभन्दा बढी समय बर्बाद गरिरहेछन् । कार्यक्रमको उपलब्धि भन्दा हरेक पक्षबाट हेर्दा घाटा बढी देखिन्छ ।

सामन्तवादी संरचनाको मुख्य विशेषता नै सबैखाले विभेदको सँरक्षण गर्नु हुन्छ, जुन हामीले हाम्रा कार्यक्रम मार्फत गरि रहेका छौ, सामान्तबादी संस्कारबाट आएका हुनाले समय,काल परिस्थीति अनुसार अव यी प्रकारका कार्यक्रमलाई निस्तेज गर्दै नयाँ प्रक्रियाबाट कार्यक्रम सञ्चालन गर्ने पद्दतिको विकास नेपाली समुदायले सुरु गर्नु जरुरी छ ।

Leave A Reply

Your email address will not be published.