प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्न १० अर्ब बजेट लाग्ने अनुमान

0

काठमाडौं : निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्न १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ ।

आयोगले कात्तिक ३० गते बुधबार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी गृहकार्य शुरु गरेको छ । निर्वाचनमा अघिल्लो पटकको भन्दा तीन अर्ब रुपैया बढि खर्च हुने आयोगको अनुमान छ ।

आयोग पदाधिकारीको अनौपचारिक बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्च, मितिसहितको प्रस्ताव तयार पारेको हो ।

निर्वाचन प्रस्तावलाई अन्तिम रूप दिँदै सरकारसँग बजेटसहितका अन्य सहयोग माग गर्ने तयारीमा आयोग छ ।

आयोगले फागुन १० भित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत सक्ने तयारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.