प्रियंका बनिन् मिस नेपाल

0

काठमाडौं : मिस नेपाल २०२२ को उपाधि प्रियंका रानी जोशीले जितेकी छिन् । 

गोदावरीमा शनिबार सम्पन्न भएको फिनालेमा जोशीले मिस नेपालको ताज पहिरिएकी हुन् । उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिइन् ।

जोशी पत्रकारिताकी विद्यार्थी हुन् । माइतीघरस्थित सेन्ट जेभियर्समा उनले पत्रकारिता पढेकी हुन् ।

त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । 

विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो । नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए । 

कोभिड–१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिकरुपमै सम्पन्न भएको हो । 

Leave A Reply

Your email address will not be published.