प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाले नहेरौं : परराष्ट्रमन्त्री खड्का

0

काठमाडौं : परराष्ट्रमन्त्री डा.नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई शंकाले नहेर्न आग्रह गरेका छन् । 

प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई शंकाका दृष्टिले नहेर्न आग्रह गरेका हुन् ।

दुई देशका बीचमा हुने भ्रमणले नेपालको सम्बन्ध विस्तार गर्न र देशको छवि बढाउन भूमिका खेल्ने उनको भनाइ छ ।

मन्त्री खड्काले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाललाई मान्य नहुने पनि बताए । 

कालापानी क्षेत्रमा रहेको भारतीय क्याम्प हट्नुपर्ने, नेपालको दार्चुला हुँदै मानसरोवर जाने गरी भारतले बनाएको बाटोको विषयलाई लिएर नेपालमा प्रश्न उठिरहेको छ ।

Leave A Reply

Your email address will not be published.