अमेरिका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्री देउवालाई संसदीय समितिले बोलायो

0

काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएको छ । 

प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा जानकारी लिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई समितिमा बोलाएको हो । 

समितिको बैठकले प्रधानमन्त्रीलाई छलफलका लागि असार ५ गतेको बैठकमा बोलाउने निर्णय गरेको हो ।  

समितिकी सभापति पवित्रा निरौला खरेलले त्यसअघि समितिले ने परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग छलफल गर्ने निर्णय गरेको जानकारी दिइन् । 

निकट भविष्यमै अमेरिकामा  हुन लागेको भनिएको प्रधानमन्त्रीको भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले चासो राख्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.