लोसपालाई प्रम देउवाको आश्वासन : बजेट पास भएपछि नागरिकता विधेयक पास हुन्छ

0

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । 

सोमबार बिहान बालुवाटारमा भएको भेटवार्तामा लोसपाका नेताहरुले नागरिकता विधयेक तत्काल पारित गर्न देउवासँग आग्रह गरेका छन् । 

प्रधानमन्त्री देउवाले बजेट पास भएको दोस्रो दिन संसद्बाट नागरिकता विधेयक पनि पास हुने बताएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । 

यसअघि आफूहरुका माग सम्बोधन गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापन पत्र बुझाएका लोसपाका नेताहरु सोमबार पनि बालुवाटार पुगेका थिए । 

यस्तै, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनका क्रममा पक्राउ परेर थुनामा रहेकालाई थुनामुक्त र मुद्दा फिर्ताको सन्दर्भमा पनि छिट्टै निष्कर्षमा पुग्नेगरी छलफल भएको बताइएको छ ।  

मुद्दा फिर्ताको विषयमा प्रतिबेदन बनाउन सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र लोसपाको तर्फबाट नेता कर्ण रहने समिति समेत बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.