अमेरिकामा बन्दुक सुरक्षामा सम्भावित कानूनको एक ढाँचामा सहमति

0

एजेन्सी : अमेरिकी सिनेटरको द्विपक्षीय समूह बन्दुकको सुरक्षासम्बन्धी एउटा सम्भावित कानुनको ढाँचामा सहमत भएको छ । 

लगातारका गोलीकाण्डहरूपश्चात् सिनेटले नयाँ कानुन बनाउने प्रक्रिया अघि बढाएको हो । 

प्रस्ताविक कानुनमा २१ वर्षमुनिका खरिदकर्ताको कडा जाँच गर्ने र अवैध बन्दुक खरिदलाई नियन्त्रण गर्न अनुमति दिने कुरा समावेश हुने बताइएको छ । 

सिनेटका डेमोक्रेट नेता चक सुमर र रिपब्लिकन सिनेटर मिच मकनेलले सहमतिको स्वागत गरेका छन । 

सिनेटरले बालबालिकाको सुरक्षा गर्न, विद्यालय सुरक्षित राख्न र हिंसाको खतरालाई कम गर्नका लागि भन्दै द्विपक्षीय प्रस्तावको घोषणा गरेका हुन् । 

सिनेटरले मानसिक स्वास्थ्य सेवा र विद्यालयमा सुरक्षाका लागि आवश्यक कुराहरूमा लगानी बढाउनका निम्ति पनि आह्वान गरेका छन । प्रस्तावमा दश जना रिपब्लिकनहरूले पनि समर्थन गरेका छन् । 

उनीहरुको समर्थनसँगै नयाँ कानुनको पक्षमा मतदान गर्ने सांसदको संख्या पुग्ने अपेक्षा गरिएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडनले सांसदहरूलाई प्रस्तावहरू चाँडै पारित गर्न आग्रह गरे गरेका छन् । 

बन्दुकसम्बन्धी कानुनलाई कडा पार्ने अघिल्ला प्रयास कङ्ग्रेसमा आवश्यक समर्थन प्राप्त गर्न नसक्दा असफल भएका थिए । 

बन्दुक नियन्त्रणको पैरवी गरिरहेका केही अभियातकर्ताहरूले पनि पछिल्लो सहमतिको स्वागत गरेका छन् । 

अमेरिकाको नेशशनल राइफल एसोसिएसनले पूर्ण पाठ जारी भएपछि मात्र प्रतिक्रिया दिने जनाएको छ । 

पछिल्ला दुईवटा सामूहिक गोलीकाण्डका घटनापछि अमेरिकामा बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै शनिबार हजारौँले र्‍याली निकालेका थिए ।

Leave A Reply

Your email address will not be published.