नागरिकताको समस्या एक साताभित्र समाधान हुन्छ : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको समस्या एक साताभित्र समाधान गरिने बताएका छन् ।

नागरिकतालगायतका विषयमा ध्यानाकर्षण गराउन बालुवाटार पुगेका जनता समाजवादी पार्टी जसपाका सांसदहरुसँग प्रधानमन्त्री देउवाले एक साताभित्र समस्याको समाधान गर्ने प्रतिवद्धता जनाएका हुन् ।

जसपाका केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवले देशमा देखिएको नागरिकताको समस्याबारे ध्यानाकर्षण गराउन जाँदा प्रधानमन्त्री देउवाले सो समस्या एक साताभित्र समाधान हुने प्रतिवद्धता जनाएको बताए । 

आफूले नागरिकताको विषयमा पटक पटक सडकदेखि सदनसम्म कुरा उठाउँदै आएको भन्दै उनले यसपटक भेट्न जाँदा प्रधानमन्त्री देउवाले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने कुरा एक साताभित्र समाधान हुने प्रतिवद्धता जनाएको बताए ।

Leave A Reply

Your email address will not be published.