एमालेद्वारा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका बारेमा सरकारको जवाफ माग

0

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा सरकारको जवाफ माग गरेको छ । 

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणका विषयमा विभिन्न चर्चा हुन थालेको भन्दै यस बिषयमा सरकारले सदनमा स्पष्ट जानकारी दिनुपर्ने बताएका हुन् । 

ज्ञवालीले देउवा रक्षामन्त्री वा प्रधानमन्त्री कुन हैसियतमा अमेरिका जान लागेका हुन, स्पष्ट हुनुपर्ने बताए ।

ज्ञवालीले कुनैपनि बहानामा नेपाललाई भूराजनीतिक द्वन्द्वको थलो बनाउन नहुने बताए ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले सरकारले प्रमुख प्रतिपक्षीसँग अन्तर्राष्ट्रिय भ्रमण र सम्झौताबारे छलफल गर्न छाडेको बताए ।

उनले विगतमा यस्ता विषयमा राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्ने प्रचलन रहेकोमा त्यस्तो हुन नसकेको बताएका हुन् ।

Leave A Reply

Your email address will not be published.