एकीकृत समाजवादीका मन्त्री फेर्न प्रधानमन्त्री असहमत, रोकियो मन्त्रीमण्डल हेरफेर

0

काठमाडौं : विनियोजन विधेयकको मन्त्रालयगत छलफल नसकेर मन्त्री फेर्न नहुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पुनर्विचार गर्न सुझाव दिएका छन् । 

एकिकृत समाजबादीले चार जना मन्त्री हटाएर नयाँ नाम सिफारिस गरेपछि हटाइएका मन्त्रीले पार्टी र प्रधानमन्त्री समक्ष असन्तुष्टि जनाएका थिए । 

कृष्णकुमार श्रेष्ठ, रामकुमारी झाँक्री र विरोध खतिवडा रप्रेम आलेले अपरिपक्व निर्णयबाट पछि हट्न नेतृत्वलाई दबाब समेत दिएका थिए । 

प्रधानमन्त्रीले माधव नेपालसहितका नेताहरूसँग यसबारे अहिले हतार नगर्न भन्दै बजेटमाथिको छलफल टुंगिन दिन आग्रह गरेका छन् । 

मन्त्रालयगत बजेट तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनु पर्ने प्रावधान छ । 

आइतबार एकीकृत समाजवादीले पुराना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । 

समाजवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा मन्त्रीमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको रुपमा सिफारिस गरेको थियो ।

Leave A Reply

Your email address will not be published.