भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा २६ जनाको मृत्यु

0

एजेन्सी : भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ ।

मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार यूके–०४–१५४१ नम्बरको बस आइतबार साँझ दुर्घटनामा परेको हो ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा २६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

चारधाम यात्रामा सहभागी भएका उनीहरू सवार बस ४०० फिट गहिरो खाडलमा खसेको थियो ।

उत्तराखण्डमा भएको दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन् ।

यस्तै उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिंह धामीले पनि मृतकका परिवारलाई १ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन् ।

Leave A Reply

Your email address will not be published.