संघ र प्रदेशको निर्वाचन तयारीमा जुट्यो आयोग

0

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आन्तरिक तयारीमा जुटेको जनाएको छ । 

संवैधानिक व्यवस्था बमोजिम आगामी मङ्सिर २२ गते अगावै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भइसक्नुपर्ने भएकाले आयोग तयारीमा जुटेको हो । 

एकै चरणमा गर्ने भए कात्तिक अन्तिममा र दुई चरणमा गर्ने भए मङ्सिर १० गतेभित्र चुनाव गर्ने गरी आयोग आन्तरिक तयारीमा जुटेको हो । 

आयोगले अहिले स्थानीय तह निर्वाचनमा देखिएका त्रुटि अहिलेदेखि नै सुधार गर्न लागेको जनाएको छ । मतदाता नामावलीमा देखिएको त्रुटि सच्याउने, मतदान स्थलको पुनरावलोकन गर्ने र उच्च प्रतिस्पर्धामार्फत सस्तो दरमा निर्वाचन सामग्री खरिद गर्ने काममा लागेको आयोगले जनाएको छ । 

२०७४ मा मङ्सिर ११ गते पहिलो चरणमा हिमाली तथा उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा र मङ्सिर २१ गते बाँकी जिल्लामा गरी दुई चरणमा मतदान भएको थियो । 

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ १६४ र समानुपातिकतर्फ ११० पदका लागि निर्वाचन हुनेछ । प्रदेशतर्फ भने ५ सय ३० सदस्य पदका लागि निर्वाचन हुनेछ ।

Leave A Reply

Your email address will not be published.