रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै

0

काठमाडौं : उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा शनिबार मनाइँदै छ ।

ललितपुरको जावालाखेलमा आयोजना गरिने जात्राको अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नेछिन् । अपराह्न गुठी संस्थान ललितपुर शाखा प्रमुखले राष्ट्रपति भण्डारीलगायत राज्यका उच्च पदस्थ व्यक्तिहरूलाई भोटो देखाउने कार्यक्रम छ ।

भोटो देखाउने जात्राका लागि मच्छिन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । रथ जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । भोटो देखाएपछि जात्रा समापन हुनेछ ।

जावलाखेलमा भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङमती पुर्‍याइन्छ । रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङमतीमा राख्ने गरिन्छ ।

यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झन्डै दुई महिना चल्छ ।

Leave A Reply

Your email address will not be published.