राप्रपाको प्रस्ताव : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावकीय भूमिकामा राजा

0

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशको अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय स्वरुपको प्रस्ताव गरेको छ ।

काभ्रेको धुलिखेलमा बुधबार र बिहीबार दुई लिन चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्थाको प्रस्ताव गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

पूर्ण समानुपातिका निर्वाचन प्रणाली लागु गर्नुपर्ने र तीन तहको संघीयता खारेज गरेर केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने बैठकले ठहर गरेको छ । यसलाई आगामी निर्वाचनमा पार्टीले जोडदार रूपमा अघि बढाउने जानकारी दिए । 

७ असारदेखि तीन दिन चल्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ भने केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय अनुसार कार्ययोजना निर्माण गरी अध्यक्षबाट स्वीकृत गराई कार्यान्वयन गर्न सचिवालयलाई जिम्मेवारी दिनेछ । 

साथै बैठकले भ्रष्टाचार, महँगी, मलखाद लगायत जनजीविकाका सम्बन्धमा आन्दोलन सञ्चालन गर्ने र आन्दोलन परिचालनका लागि बुद्धिमान तामाङको संयोजकमा समिति गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार समिति सदस्यमा धवल शमशेर राणा, कुन्ती कुमारी शाही, गोपाल दाहाल, ज्ञानेन्द्र शाहीसहित प्रदेश प्रमुखहरु रहनेछन् । 

No description available.
No description available.
Leave A Reply

Your email address will not be published.