उत्तर कोरियामा कोरोना महामारी गहिरिएको डब्लुएचओको भनाइ

0

एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले उत्तर कोरियाको कोभिड माहामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएको तर त्यहाँ संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ । 

गत मे १२ मा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गत साता कोभिड नियन्त्रणमा आएको दाबी गरेको थियो । सरकारी सञ्चार माध्यम केसीएनले संक्रमणका घटनामा कमी आएकोपनि दावी गर्दै आएको छ । 

डब्लूएचओका आपतकालीन निर्देशक माइकल रायनले सो दाबीमाथि प्रश्न गरेका छन् । उनले उत्तर कोरियामा अवस्था राम्रोभन्दा पनि झन बिग्रिएको बताएका छन । 

उत्तर कोरियाले केही सीमित जानकारी उपलब्ध गराएको डब्लुएचओले जनाएको छ । 

उत्तर कोरियामा तीस लाख जनामा कोभिड संक्रमण देखिएको थियो । तर प्योङयाङको आधिकारिक विवरणमा संक्रमणलाई ज्वरो भनिएको थियो ।

Leave A Reply

Your email address will not be published.