वीरगन्जमा अझै कर्फ्यु हटेन

0

वीरगन्ज, २२ भदौ । पर्साको सदरमुकाम वीरगन्ज र आसपासमा स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यु अझै पूर्णरुपमा हटाएको छैन । स्थानीय प्रशासनले मंगलबार बिहान ९ बजेदेखि १ बजेसम्मका लागि कफ्र्यु हटाएको छ । त्यसपछि पुनः कर्फ्यु लगाइने प्रशासनले जनाएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भदौ १४ गतेबाट यस क्षेत्रमा कफ्र्यु जारी गरिएको थियो । लगातारको कर्फ्युले स्थानीयको दैनिकी निकै कष्टकर बन्दै गएको छ ।
उता, धनुषाको जनकपुरमा मंगलबार ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले सोमबार प्रदर्शन चर्काएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । जनकपुरका सरकारी कार्यालयहरुमा पनि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उता महोत्तरीमा आज पनि आन्दोलनकारीले बिहानैदेखि प्रदर्शन जारी राखेका छन् ।
संयुक्त मधेसी मोर्चाले आह्वान गरेको तराई बन्द गत साउन २९ गतेबाट जारी छ । मोर्चाको बन्दका कारण मध्य तराईका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन प्रभावित बनेको छ । आन्दोलनका क्रममा दिनहुँ हुने प्रदर्शन र बन्दले गर्दा यि जिल्लामा यातायातको साथै कलकारखाना, बजार, शैक्षिक संस्थाहरु समेत ठप्प छन् ।

Leave A Reply

Your email address will not be published.