यो बजेट चुनाव लक्षित होइन : अर्थमन्त्री शर्मा

0

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि आइतवार सार्वजनिक गरिएको बजेट चुनावलक्षित नभएको बताएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावी कुरा बजेटमा नराखिएको दावी गरेका हुन् । ‘बजेटमा चुनावी कुरा छैनन् । यो चुनावलक्षित बजेट पनि होइन’, उनले भने ।

उनले किसानलाई उत्प्रेरित गर्न किसान पेन्सनको कार्यक्रम ल्याएको भन्दै त्यसलाई चुनावसँग जोड्न नमिल्ने बताए ।

अर्थमन्त्री शर्माले तीन वर्षमा कर्मचारीको तलब बढाउनै पर्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै त्यसलाई चुनावसँग जोड्न नमिल्ने बताए । 

यस्तै उद्योग, कलकारखानाको विकास, रोजगारीको सिर्जना, गरिब, उत्पीडनमा परेका, सीमान्तकृत वर्गको सम्बोधन, शिक्षा, स्वास्थ्य, खानेपानी, विकास पूर्वाधारको प्राथमिकता जस्ता कार्यक्रमहरु कसरी चुनावी बजेट हुनसक्छ ? भन्दै अर्थमन्त्री शर्माले प्रश्न गरे ।

उनले निजी क्षेत्रलाई उत्पादनमा उत्साहित बनाउने उनीहरूको माग सम्बोधन गरेर बजेट ल्याएको दाबी गरे । 

अर्थमन्त्री शर्माले उपभोग्य वस्तुको पहिलो प्राथमिकता स्वदेशी उद्योग र उत्पादनलाई दिएको बताए । बजेटले ‘मेड इन नेपाल’, ‘मेक इन नेपाल’ जस्ता कार्यक्रमलाई समेट्दै स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनको नीति लिएको उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.