सर्वोच्चले निर्माण रोकेको निजगढ विमानस्थललाई पनि बजेट विनियोजन

0

काठमाडौं : सर्वोच्च अदालतले निर्माणमा रोक लगाएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारको बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेट छुट्याएको बताए ।

उनले भैरहवा र पोखरा पूर्णरुपमा सञ्चालनमा ल्याएने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे निर्माणका लागि २ अर्ब २० करोड बजेट बिनियोजन गरिएको समेत बताए ।

आगामी आवमा गौतम बुद्ध विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण गरिने, धनगढीको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाइने र सुखर्तेमा रहेको विमानस्थललाई प्रादेशिक विमानथलमा स्तरोन्नती गरिने उनले बताए ।

Leave A Reply

Your email address will not be published.