उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट विनियोजन

0

काठमाडौं : सरकारले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई मन्त्रालयलाई १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त रकम बजेट विनियोजन गरेको जनाएका हुन् ।

औद्योगिक पूर्वाधारको लागि ३ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

‘आगामी आर्थिक वर्षमा औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड रुपैयाँ रकम विनियोजन गरेका छौं,’ मन्त्री शर्माले भने ।

उनले वाइन उद्योग खोल्न प्रोत्साहीत गरिने जनाए । मसलाजन्य वस्तुको उत्पादन वृद्धि गरिने र कपास खेतीलाई प्रोत्साहीत गरिने समेत उनले बताए ।

कर्णालीका मार्सी चामल लगायतका उत्पादनको बजारीकरण गरिने गरिने उनले जनाए ।

चितवनको शक्तिखोर लगायतका क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गरिने र भैरहवा, सिमरा विशेष आर्थिक क्षेत्रलाई पूर्णरुपमा सञ्चालनमा ल्याइने उनले बताए ।

Leave A Reply

Your email address will not be published.