कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट

0

काठमाडौं : सरकारले कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा पेश गर्दै उक्त रकम बजेट विनियोजन गरेको जनाएका छन् ।

यस्तै सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । 

संघ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी दिए । 

साथै उनले कृषि उत्पादनको समर्थन मूल्य तोकिने पनि जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.