खाद्यान्न आयात ३० प्रतिशतले कम गरिने

0

काठमाडौं : सरकारले आगामाी आर्थिक वर्षमा खाद्यान्न आयात ३० प्रतिशतले कम गराउने भएको छ। 

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले धान, गहुँ, मकै, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने उद्देश्य लिएको जानकारी दिए ।

यस्तै निर्यात दोब्बर गर्ने र आयात २० प्रतिशतले घटाउने पनि बजेटको उद्देश्य रहेको अर्थमन्त्री शर्माले बताए । पाँच वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने उद्देश्य सरकारको छ । यस्तै रोजगारी ३० प्रतिशतले बढाउने पनि उनले बताए ।

स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तर सुधार गरी मानव सुचाङ्कमा सुधार ल्याउने योजना रहेको उनको भनाइ छ । यो सूचकांक ० दशमलव ६५ पुर्‍याउने लक्ष्य रहेको उनले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.