सत्ता गठबन्धनद्वारा करिब ६२ प्रतिशत पदमा जित हासिल

0

काठमाडौं : स्थानीय तह निर्वाचन २०७९ परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । ७५३ मध्ये ७ सय ५१ तहको परिणाम सार्वजनिक भइसकेको छ ।

सार्वजनिक परिणाम अनुसार सत्तागठबन्धनले भने पाँच सय ३ स्थानीय तहको प्रमुख/अध्यक्ष पद जितेको छ । गठबन्धनका पाँच दलले करिब ६२ प्रतिशत स्थानीय तहका प्रमुख पद जितेका छन् ।

नेपाली कांग्रेसले ३२८ स्थानीय तहमा प्रमुख–अध्यक्ष पद जितेको छ । यो २०७४ को निर्वाचनमा जितेभन्दा ६२ पद बढी हो ।

जसअनुसार नेकपा माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टी नेपालले ३० तथा नेकपा एकीकृत समाजवादीले २० स्थानीय तहको प्रमुख वा अध्यक्ष पद जितेका छन् । राष्ट्रिय जनमोर्चाले चार स्थानीय तहको प्रमुख–अध्यक्ष पद जितेको छ ।

३५ हजार २ सय २१ पदका लागि निर्वाचन भएकोमा हालसम्म ३५ हजार १ सय १५ पदको मतपरिणाम सार्वजनिक भइसकेको छ । सत्तागठबन्धनका पाँच दलले २१ हजार ५ सय ९२ पद जितेका हुन्  ।

१३ हजार ८ सय ५० पद जित्दै नेपाली कांग्रेस पदीय बाँडफाँटमा समेत पहिलो दल बनेको छ । यो कुल पदको करिब ४० प्रतिशत हुन आउँछ ।

नेकपा एमालेले ११ हजार ९ सय ६९ पद जितेको छ । जुन स्थानीय तहको कुल पदको करिब ३४ प्रतिशत हो ।

नेकपा माओवादी केन्द्रले पाँच हजार ४४, जनता समाजवादी पार्टी, नेपालले एक हजार ५ सय ४८, नेकपा एकीकृत समाजवादीले ९ सय ८६ तथा राष्ट्रिय जनमोर्चाले १ सय ५९ पद जितेका छन् ।

स्थानीय निर्वाचनमा मतपरिणामका आधारमा कुल २२ दलले प्रतिनिधित्व गरेका छन् ।

Leave A Reply

Your email address will not be published.