फेरि बढ्यो अन्तर प्रदेश सार्वजनिक सवारी साधनको भाडा

0

काठमाडौं : सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले मंगलबारबाट लागू हुनेगरी भाडा वृद्धि गरीएको जनाएको छ । यात्रुवाहक सवारी साधनमा २ दशमलव १ प्रतिशतले भाडा बढेको हो ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत भन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढाइएको विभागले जनाएको छ । 

त्यस्तै मालबाहक सवारीसाधनमा २‍ दशमलव ७ देखि ३ प्रतिशतसम्म भाडा बढेको छ । प्रदेशभित्रै चल्ने सवारीसाधनमा भने भाडा बढाइएको छैन ।

Leave A Reply

Your email address will not be published.