सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै, आयात प्रतिस्थापन प्रथमिकतामा

0

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने भएको छ । 

सरकारका तर्फबाट मंगलबार अपरान्ह चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् । 

नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी लोकप्रिय कार्यक्रमलागयमा केन्द्रत हुने बताइएको छ । 

नीति तथा कार्यक्रममा आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक सामाजिक उन्नयनका कार्यक्रम समेत समेटिएका छन । 

सरकारले नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्नेछ । 

चालु आर्थिक वर्षमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेका कारण सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुन सकेको थिएन ।

Leave A Reply

Your email address will not be published.