मातृभूमिको गुन तिर्ने बेला आएको छ: कुल आचार्य (भिडियो सहित)

0

लन्डन — गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले मातृभूमिका लागि केही गर्ने र गुन तिर्ने बेला आएको बताएका छन्।

२५६६ औँ बुद्ध जयन्ति मनाउन लण्डनको ऐतिहासिक ट्राफलगर स्क्वायरमा आइतबार आयोजित एक समारोहलाई सम्बोधन गर्दै आचार्यले  भगवान बुद्धको संदेश अहिले झन् सान्दर्भिक भएको बताए। 

उनले गैरआवासीय नेपाली संघले सुरुका दिनदेखि उठाउँदै आएका समस्याहरुको अहिले समाधान गर्ने बेला आएको बताए।

‘गैरआवासीय नेपाली नागरिकताको विषय संविधानले व्यवस्था गरेको छ । संसारभर रहेका नेपालीलाई नेपालसँग जोड्नका लागि यहाँहरु सबैको पहल त्यतातर्फ रहोस ।हाम्रो सम्पत्तिको सुरक्षा गर्ने विषय पनि छ त्यतातर्फ पनि यहाँहरुको पहल होस् । त्यसैगरी बेलायतमा गोर्खा दाजुभाइहरुका समस्या छ । यो समस्या समाधानका लागि पहल पनि भइरहेका छन्। यो पहललाई सार्थक बनाउनका लागि पनि थप प्रयास गर्न अनुरोध गर्दछु,’ आचार्यले भने। 

नेपाल सरकारले विदेशमा बस्ने नेपालीहरुका लागि ‘डलर अकाउन्ट’ खोल्नका लागि विशेष योजना ल्याएको र  यो अवसर नगुमाउन विदेशमा बस्ने सबै नेपालीलाई उनले अनुरोध पनि गरे। 

 ‘हामीले मातृभूमिमा  केही गर्नका लागि र गुन तिर्नका लागि पनि लगानी गर्नुपर्ने आवश्यकता छ,’ उनले भने।

Leave A Reply

Your email address will not be published.