अमेरिकी उपमन्त्री उज्रा जिया र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

0

काठमाडौं : अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेकी छन् । 

नेपाल भ्रमणमा रहेकी जियाको टोली प्रधानमन्त्री देउवासँग भेटका लागि आइतबार बिहान बालुवाटार पुगेको थियो । 

भेटका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्री देउवाले बताएका छन् । 

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुशी लागेको लेखेका छन् । 

अमेरिकी विदेश मन्त्रालयले नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियालाई नेपाल भ्रमणका लागि पठाएको हो । 

Leave A Reply

Your email address will not be published.