बलात्कार आरोप लागेका कन्सल्टेन्सी सञ्चालक पक्राउ

0

काठमाडौं : सौन्दर्य प्रतियोगिताको नाममा नाबालिगलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । 

एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् । 

कार्यक्रमका आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो ।

पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका थिए ।

Leave A Reply

Your email address will not be published.