कांग्रेसले २९६ पालिका प्रमुख तथा अध्यक्ष जित्दै तोड्यो एमालेको रेकर्ड

0

काठमाडौं : स्थानीय तह निर्वाचनमा २०७४ मा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेको रेकर्ड यसपाली कांग्रेसले तोडेको छ । 

२०७४ सालको चुनावमा एमालेले दुई सय ९४ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेकोमा यस पटकको पालिका चुनावमा ६ सय ६१ वटा पालिकाको नतिजा सार्वजनिक हुँदा नै कांग्रेसले दुई सय ९६ वटा पालिका जितिसकेको छ ।

कांग्रेसले २०७४ सालको चुनावमा दुई सय ६६ वटा पालिकाको प्रमुख तथा अध्यक्ष पद जितेको थियो । 

यस्तै माओवादी केन्द्रले पनि २०७४ सालको पालिका चुनाव भन्दा यो वर्ष आफूलाई सुधारेको छ । २०७४ सालको चुनावमा एक सय ६ वटा पालिकाको प्रमुख तथा अध्यक्ष पद जितेको माओवादी केन्द्रले अहिलेसम्ममा एक सय १३ वटा पालिकाको प्रमुख तथा अध्यक्ष पद जितिसकेको छ । 

एमाले अहिलेसम्म एक सय ८३ वटा पालिकाको मेयर तथा अध्यक्ष पद जितेको छ । 

Leave A Reply

Your email address will not be published.