सरकारको नीति तथा कार्यक्रम जेठ १० गते संसदमा पेश हुने

0

काठमाडौं : आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते संघीय संसदमा पेश हुने भएको छ । 

नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम तय भएको हो । 

संसद सचिवालयका अनुसार जेठ १० गते मंगलबार दिउँसो ४ बजे राष्ट्रपतिले संसदको दुबै सदनलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ । 

शुक्रबार बसेको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन सांसदहरुलाई तोकिएकै पोशाकमा उपस्थित हुन निर्देशन दिएका छन् ।

Leave A Reply

Your email address will not be published.