मतपरिणाम सार्वजनिक हुने क्रम जारी, कुन पार्टीले कति पालिका जिते ?

0

काठमाडौं : स्थानीय निर्वाचन २०७९ को मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्म नेपाली कांग्रेस २ सय ७८ पालिका जितेर पहिलो स्थानमा छ ।

कांग्रेसले २५४ उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । कांग्रेसले नेपाली कांग्रेस २ हजार ३ सय ५० वटा वडाअध्यक्ष पदमा विजयी भएको छ ।

एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म १ सय ७४ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै, एमालेले अहिलेसम्म १ सय ९७ वटामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । एमाले १ हजार ८ सय ८१ वटा वडाअध्यक्ष पदमा निर्वाचित भएको छ ।

नेकपा माओवादी केन्द्रले १ सय १२ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले १ सय १७ वटा उपमेयर तथा उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रबाट ९ सय ८२ वटा वडाअध्यक्ष पदमा निर्वाचित भएका छन् ।

नेकपा एकीकृत समाजवादीले १४ वटा प्रमुखमा जितेको छ । समाजवादीले ८ वटामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म १५ वटा पालिकामा अध्यक्ष जितेको छ । जसपाले १३ वटामा उपाध्यक्ष जितेको छ ।

Leave A Reply

Your email address will not be published.