८० प्रतिशत परिणाम आइसक्यो : निर्वाचन आयोग

0

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत परिणाम आइसकेको बताएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७५३ मध्ये ५७० स्थानीय तहको पूर्ण नतिजा आइसकेको जानकारी दिएका हुन् ।

प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाध्यक्षमा ५६५९, महिला सदस्य ५६५३, दलित महिला सदस्य ५५५६ र वडा सदस्यमा १२९५ गरी कुल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेको पौडेलले जानकारी दिए । 

कुल ३५ हजार २२१ पदाधिकारी निर्वाचित हुनुपर्नेमा करिब ८० प्रतिशत हारहारीको मतपरिणाम आइसकेको आयोगले जनाएको छ ।

मतगणना बाँकी रहेका स्थानीय तहमा गणकहरुको संख्या बढाएर जतिसक्दो चाँडो परिणाम सार्वजनिक गराउन आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिइसकेको छ । 

पुनः मतदान भएका तहहरुको हकमा मतदान सम्पन्न भएको मितिले ४ दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.