अरुण चौथाे आयोजना भारतसँग सम्झौता गरिएकोमा भीम रावलको आपत्ति

0

काठमाडौं : नेकपा एमालेका सांसद भीम रावलले अरुण चौथो जलविद्युत आयोजना भारतसँग सम्झौता गरिएकोमा आपत्ति जनाएका छन् । 

उनले प्रधानमन्त्रीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै प्रक्रिया बिना भारतसँग सम्झौता गरेको उनको आरोप समेत लगाए । 

संसद बैठकमा बोल्दै रावलले अरुण तेस्रो निर्माण गर्न प्राधिकरणलाई अधिकार दिइएकोमा कुनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र औपचारिक निर्णयविना भारतलाई सेयर बिक्री गर्न लागिएको बताए ।

भारतीय प्रधानमन्त्रीको छेउमा बसेर निदाउने र छटपट गर्ने प्रधानमन्त्री भएको सरकारले कालापानी, सुस्ता जस्ता अतिक्रमित भूभागहरु कसरी फिर्ता ल्याने उनको प्रश्न थियो ।

Leave A Reply

Your email address will not be published.