बैशाख ३० अघि नै उम्मेदवारलाई खर्च विवरण बुझाउन आयाेगकाे निर्देशन

0

निर्वाचन आयोगले सम्पूर्ण उम्मेदवारहरूलाई निर्वाचन खर्च विवतरण निर्वाचनअघि नै पठाउन निर्देशन दिएको छ ।

शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले आमसभा, जुलुस, हेलिकप्टर प्रयोग लगायत क्रियाकलापको सम्बन्धमा शुक्ष्म अनुगमन गरी खर्च विवरण अनुमान गर्न सकिने खर्च विवरण निर्वाचन अगावै पठाउन निर्देशन दिएको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा पहिले नै निर्वाचन खर्च विवरण पठाउँदा निर्वाचन परिणामपछि पेश हुने खर्च विवरणको वास्तविकता तथा विश्वसनीयता परीक्षण गर्न सहज हुने भनिएको छ ।

निर्वाचन अघि खर्च विवरण पठाए पनि पुनः निर्वाचनको मतपरिणाम घोषणा भएको ३० दिनभित्र पुनः सम्पूर्ण खर्च विवरण पठाउने पर्ने हुन्छ । आयोगले दुई समयमा आएको खर्च विवरण भिडाएर विश्लेषण गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.