ठेलाको सारथी – चप्परगौडिका रुद्रनाथ,

0

तिलक बाबू बैशाख १५ कोहलपुर ,

कोहलपुर १२ चपरगौडिका रुद्रनाथ शर्मा आचार्य (६१) बिहानै ४ बजे कोहलपुरमा रहेको होलसेल तरकारी बजार पुग्छन।
होलसेल देखि तरकारी उठाएर आफ्नो ठेलाबाट दिनभर बेच्छन्। उमेरले ६० नाघेका रुद्रनाथको दैनिकी नै यसरी नै बित्छ।

चैत–बैशाखको टलटलापुर घाम, असार–श्रावण झरी अनि हिउँदको सितलहरलाई छिचोल्दै ठेलामा तरकारी बेच्न थालेको करिव दुई दशक भन्दा बढी (२२ बर्ष ) भयो।

बागलुङमा जन्मिएका रुद्रनाथ सानै उमेरमा रोजगारिको लागि भारतको कलकत्ता पुगे, केहि समय सिनेमा हलमा गार्ड काम गरे। त्यहा पनि रुद्रनाथले आफ्नो भबिस्य देखेनन १२००० भारती रुपैया बोकेर नेपाल फर्किएका रुद्रनाथ बाकेको कोहलपुरमा आएर तरकारी बेच्न थाले । रुद्रनाथ भन्छन पहिले नजिक होलसेल तरकारी बजार थिएन, २० किलोमिटर टाढा सिमापारी भारतको रुपैडिया पुगेर ल्याउनु पर्थ्यो। अहिले त नजिक छ सहज छ। उनी सगै ठेला ब्यबसाय गरेका सहकर्मी ब्यबसाय छाडेर गैसके। रुद्रनाथ भने आफ्नो ब्यबसायबाट सन्तुष्ट छन।

जिवनको भोगाई संगै यात्रा धेरै गरे नजिकै रहेको अर्को फलफुल ठेला ब्यापारि घामकला ज्ञवाली स्याङ्जा बाट नवलपरासी हुँदै यहाँ आइपुगे। सुरुमा किराना पसल गरे त्यसबाट राम्रो आम्दानी हुन सकेन पछी ठेलामा फलफुल बेच्न थाले। त्यो बेला नजिक फलफुलको बजार थिएन । नेपालगन्जको रानितलाउबाट फलफूल ल्याएर बेच्ने गर्थे। हिजो आज नजिकै फलफूल बजार भएकाले सहज छ। ठेलामा फलफुल बेचेर घामकलाको दैनिकी मात्र चलेन दुई छोरालाई पढाउन सफल भइन । दस बर्ष भएछ बाबु यहि ठेला कुरेर बस्न थालेको। उनी सम्झिन्छिन संगै फुटकर ब्यबसाय गरेका २,३ जना भाइहरुले छोडेर जानू भयो । घामकला भन्छिन चाहाना ठूलो होइन सरल राखेर अगाडि बढ्न सके सफलतामा अवश्य पुगिन्छ ।

कास्की सल्यानका वासुदेव पौडेल (५२) १३ बर्ष देखि ठेलामा पानीपुरि बेच्छन त्यसैबाट आफ्नो गुजारा चलाउदै आइरहेका छन। छोरिको बिहे अनि छोरालाई उच्च शिक्षा सम्म पढाउन सफल भैसकेका छन । गरिबी र परिस्थितिले आफू पढ्न सकिएन। रोजगारको लागि भारतको दिल्लिमा २२ बर्ष कम्पनीमा नोकरी गरे अनि नेपालमै फर्कर पनि ३,४ बर्ष मजदुर गरे ।। तर समयले यहाँ सम्म पुर्यायो। आफ्नो बचत र सहकारीको ऋणबाट अहिले गासबास जोड्न सफल भएको छु।

कुनैपनी ब्यवसायमा मेहनत गरेर टिक्न सके सफल बनिन्छ भने एक उदाहरणको रुपमा रहेका छन रुद्रनाथ, घामकला र वासुदेव समय समयमा नगरपालिकाले दुख दिन्छ। माइकिङ गर्दै आएर ठेला सहित सामान पनि उठाउने चेतावनी दिएर जान्छन ठेला ब्यापारिको गुनासो रहेको छ।

नगरपालिकाले भने विभिन्न खाली स्थानमा सटरहरु निर्माण कार्य गरिरहेको र केही स्थानमा भने टेन्डर आह्वान गरेर ब्यबसायिलाई हस्तान्तरण गरिसकेको छ तर सटरभाडा महँगो र बिचौलियाहरुको चलखेलले गर्दा रुद्रनाथको ठेला सडकमै छ ।

Leave A Reply

Your email address will not be published.