सन्तोष शाह ‘नेपाल पर्यटन विश्व सद्भावना दूत’ मा मनोनयन

0

काठमाडौँ (जीएनएन) : नेपाल सरकारले बीबीसी मास्टर सेफ फाइनालिस्ट सन्तोष शाहलाई ‘नेपाल पर्यटन विश्व सद्भावना दूत’ मा मनोनयन गरेको छ।

शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित एक समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले चर्चित शेफ शाहलाई खादा लगाइदिनुका साथै प्रमाणपत्र पनि दिएका थिए।

उक्त अवसरमा बोल्दै शेफ शाहले आफुलाई सम्मान गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिए।  “नेपाललाई मेरो क्षेत्रबाट सेवा गर्ने मौका दिइ राख्नोस,” उनले भने।

उनले छिट्टै नेपाली खाने कुरालाई संसार भरि चिनाउन आफु  ‘वर्ल्ड फुड टुर’ मा जान लागेको बताए। यसबाट नेपाली खानाको साथै नेपाली संस्कृतिको प्रचार प्रसार हुने उनले जनाए। 

डिसेम्बर २०२० मा आयोजित ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’  फाइनलमा पुगेका शेफ सन्तोष शाहले  हालै ‘ऐला’ नामक पुस्तक पनि प्रकाशित गरेका छन्। 

गत वर्ष आयोजित आयोजित ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० रि-म्याच’ मा भने उनी विजेता भएका थिए। 

सिराहको कर्जन्हामा जन्मिएका शेफ सन्तोष शाह हाल बेलायतमा बसोबास गर्छन्।

हेर्नुहोस् भिडियो :

Leave A Reply

Your email address will not be published.